+
+
Shares

उमेर हद स्वीकार्दै स्ववियु चुनावमा होमिन नेविसंघलाई कांग्रेसको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २० गते १७:३३

२० माघ, काठमाडौं । नेपाली कांग्रेसले २८ वर्षे उमेर हद स्वीकार्दै स्ववियु निर्वाचनमा होमिन नेविसंघलाई निर्देशन दिएको छ । नेविसंघको असन्तुष्ट पक्षले उमेर हदको विरोधमा क्याम्पसमा तालाबन्दी लगायत विरोधका कार्यक्रम गरिरहेका बेला कांग्रेसले आन्दोलन छाडेर चुनावमा होमिन निर्देशन दिएको हो ।

कांग्रेसको पदाधिकारी बैठक बिहीबार सिंहदरबारमा बसेको थियो । दलको कार्यालयमा बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरु र नेविसंघका वर्तमान पदाधिकारीसमेत सहभागी थिए ।

बैठकमा सभापति देउवाले नेविसंघका नेताहरुलाई सबै असन्तुष्टि त्यागेर स्ववियु निर्वाचनमा होमिन र पहिलो बन्न निर्देशन दिएका थिए ।

नेविसंघ अध्यक्ष नैनसिंह महरले अनलाइनखबरसँग भने, ‘एक भएर चुनावमा होमिन र सबै स्थानमा विजयी हुने गरी तयारी गर्न सभापतिसहित सबै पदाधिकारी नेताहरुले निर्देशन दिनुभयो ।’

चुनावको प्रचार प्रसारमा जुट्न अध्यक्ष महरको निर्देशन

उक्त निर्देशनलाई आत्मसाथ गर्दै  स्ववियु निर्वाचनमा अत्यधिक मतसहित विजयी हुने अभियानमा नेविसंघ लाग्ने महरले बताए ।

‘यो निर्देशनसँगै नेविसंघमा जुन समस्या थियो त्यो सबै अन्त्य भएको छ, अब हामी एक भएर स्ववियु निर्वाचनमा जानेछौं,’ उनले भने, ‘म नेविसंघका सबै साथीहरुलाई निर्वाचनमा होमिन र आजैदेखि निर्वाचनको प्रचार प्रसारमा जुट्न निर्देशन दिन्छु ।’

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्ववियु निर्वाचनको मिति तोकेको छ । सो चुनावमा पहिलोपटक २८ वर्षे उमेर हद र मिश्रति चुनाव प्रणाली लागू हुनेछ । नेविसंघका कतिपय नेताहरुले २८ वर्षे उमेर हद अन्यायपूर्ण भएको भन्दै विरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?