Comments Add Comment

दाङमा ज्योतीको कला बिक्यो कि छाला ?


विदेशमा आयोजना हुने स्टेजमा कार्यक्रममा अंगप्रदर्शन गरेर चर्चामा आएकी लोकगायिका ज्योति मगरले आफ्नै माइती गाउँ छेउमा पनि सो हर्कत छाडिनन् ।
दाङको तुलसीपुरमा जारी मध्यपश्चिम क्षेत्रीय व्यापारिक मेलाको अवसरमा गीत गाउन पुगेकी ज्योतिले लगाई राखेको ज्याकेट खोलेर दर्शकको विचमा फालिदिइन् । उनको जन्मघर रोल्पा हो ।

‘ज्योति मगरको प्रस्तुती सु्रु हुने बित्तिकै दर्शहरुले ताली बजाउन सुरु गरेका थिए । गाउँदा गाउँदै दर्शकको विचमा ज्याकेट खोलेर फालिदिइन् ।’ आयोजक मध्ये एकले भने ।

उनले कार्यक्रममा आफ्ना पुराना गीत ‘जिम्माल बाउकी छोरी, अध्यारोमा लाको माया’ लगायत दर्जनौ गीत गाइन् । विदेशमा आयोजना हुने कार्यक्रममा त यस्ता उत्तेजक हर्कत गर्ने ज्योतीले यसरि, खुलेयामा अंगप्रदर्शन गर्दा त्यसले कार्यक्रम हेर्न आउने दर्शकले के सिक्ने ? एक राष्ट्रिय कलाकारको यो हर्कतले दर्शकले के सिक्छन् ?

कार्यक्रममा आफ्नो गायकी कलाले मनोरञ्जन दिने हो । तर, आफ्नो छोप्नु पर्ने अंग नै जर्बजस्ती देखाएर कला भन्दा छाला बेचेरे ज्योतीले कस्तो सन्देश दिन खोजेकी हुन् ?

गाउँ-गाउँबाट पुग्ने महिला, आमा-बुबाले ज्योतीको यस्तो हर्कतबाट आँखा छोप्नुपर्ने स्थिती आएको छ । साच्चै, कहिले सुधिएलिन् ज्योती ?

तस्बिरः निमु संगम घर्तीको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment