+
+

सरकारको औचित्य सकियो, मन्त्री फिर्ता बोलाउँछौं: डा. लोहनी

'संविधान संशोधन प्रस्तावको पक्षमा राप्रपा जाँदैन'

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २४ गते १६:२०

२४ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएको बताएका छन् । साथै उनले आफ्ना पार्टीका मन्त्रीहरुलाई छिट्टै फिर्ता बोलाइने बताए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राप्रपा राष्ट्रिय अध्यक्ष लोहनीले सरकारमा राप्रपाको उपस्थिति भएपनि कुनैपनि कुरामा साझेदारी नभएको गुनासो पोखे । उनले भने,’सरकारको महत्वपूर्ण काम तथा निर्णयहरुमा राप्रपाको कुनै साझेदारी देखिएन्, त्यसैले सरकारमा रहिरहने कुरा अब स्विकार गर्न सकिँदैन ।’

सरकारमा रहने कि नरहने भन्नेबारे कार्य सम्पादन समितिको बैठकले निर्णय गर्ने जनाए । उनले थपे, ‘यो सरकारको तौर/तरिका हेर्दा अब हाम्रो पार्टी सरकारमा बस्ने औचित्य समाप्त भयो ।’

राप्रपा राष्ट्रिय अध्यक्ष लोहनीले प्रचण्ड सरकारको नियत नै चुनाव गर्ने खालको नभएको आरोप लगाए । डा. लोहनीले थपे, ‘संवैधानिक आयोगले अघि सारेको प्रतिवेदनको निहुँ निकालेर अहिले विभिन्न बखेडा झिक्ने काम भइरहेको छ, यो चुनाव पन्छ्याउने काम हो ।’

उनले संसदमा टेबुल भएको संविधान संशोधन विद्येयकको कुनै औचित्य नै नरहेको दाबी गरे । लोहनीले थपे, ‘अहिले अघि सारिएको संशोधनले मुलुकको हित गर्दैन, संशोधनमा उल्लेख गरिएको कतिपय विषयहरुले देशको राष्ट्रिय हित गर्दैन ।’ उनले ५ नम्बर प्रदेशको सीमांकन हेरफेर र नागरिकताको प्रावधान गलत भएको टिप्पणी गरे ।

आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा नरहेको जिकिर गर्दै लोहनीले भने, ‘हामी पनि संविधान संशोधन गर्नुहुँदैन भन्ने पक्षमा छैनौं तर, अहिले संशोधन प्रस्तावलाई एक ठाउँमा थाँती राखेर निर्वाचनमा जानुपर्छ, अहिले जनताको माग भनेको नै चुनाव हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?