Comments Add Comment

नगरपालिका घोषणाका लागि मापदण्डमा लचकताको प्रस्ताव

हिमाली जिल्लाका सदरमुकामलाई नगरपालिका बनाउन सहज हुने

२६ माघ, काठमाडौं । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले नगरपालिका घोषणाका लागि मापदण्डमा केही परिमार्जनको प्रस्ताव ल्याएको छ ।

हिमाली जिल्लाका सदरमुकामहरुलाई नगरपालिकामा समेट्न मन्त्रालयले मापदण्ड नै परिवर्तन गर्ने प्रस्ताव ल्याएको हो ।

अहिलेको मापदण्डअनुसार हिमाली क्षेत्रमा नगरपालिका घोषणाका लागि कम्तिमा १७ हजार जनसंख्या पुगेको हुनुपर्ने प्रावधान थियो ।

त्यस्तै पहाडमा कम्तिमा ३१ हजार र काठमाडौ उपत्यका तथा तराई एवं भित्री मधेसमा कम्तिमा ६० हजार जनसंख्या भएपछि मात्रै नगरपालिका घोषणा गर्न सकिने व्यवस्था थियो ।

मन्त्रालयले हिमाली जिल्लाका सदरमुकामलाई नगरपालिका घोषणा गर्न जनसंख्याको मापदण्ड अनिवार्य नहुने व्यवस्था प्रस्ताव गरेको छ ।

अब त्यस्तो प्रावधानलाई सच्याएर मन्त्रालयले हिमाली जिल्लाका सदरमुकामलाई नगरपालिका घोषणा गर्न जनसंख्याको मापदण्ड अनिवार्य नहुने व्यवस्था प्रस्ताव गरेको छ ।

देशमा अहिलेसम्म महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको संख्या २ सय १७ वटा छन् । तर, अझैसम्म पनि कणर्ालीका केही जिल्ला सदरमुकामहरुलाई नगरपालिका घोषणा गर्न नसकेपछि मन्त्रालयले प्रावधान नै परिमार्जनको प्रस्ताव अघि बढाएको हो ।
मन्त्रालयले जनसंख्याको आकार घटाए पनि अन्य भौतिक पूर्वाधारको विकासलाई भने यथावत राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment