Comments Add Comment

विवादित सहसचिव साहलाई प्रशासन सेवा समूहमा ल्याउन चलखेल

२८ माघ, काठमाडौं । विवादित सहसचिव रामआधार साहलाई प्रशासन सेवा समूहमा ल्याउन चलखेल सुरु भएको छ ।

सत्य निरुपण र वेपत्ता आयोगको म्याद थप्न आकस्मिक रुपमा बिहीबार बोलाइएको मन्त्रिपरिषद् बैठकमा सामान्य प्रशासनमन्त्री केशबबहादुर बुढाथोकीले साहलाई प्रशासन सेवा समूहमा लैजाने ठाडो प्रस्ताव पेश गरेका हुन् ।

साह अहिले प्राविधिक सेवा समूह अन्तर्गत छन् । यही सेवा समूहबाट सचिवमा पदोन्नती भए विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य लगायतका मन्त्रालयमा मात्र काम गर्न पाउँछन् । तर, प्रशासन सेवा समूहमा आउँदा बरिष्ठताका आधारमा चाँडै सचिव बन्ने र लाइन मिलाउन सक्दा गृहसचिव समेत बन्न सक्ने भएपछि उनले चलखेल सुरु गरेका हुन् ।

स्रोतका अनुसार सामान्य प्रशासनमन्त्री बुढाथोकीले साहको समूह परिवर्तनका लागि पेश गरेको ठाडो प्रस्तावमा कुनै सहमति भएको छैन । तर, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि सकारात्मक देखिएका छन् ।

को हुन् सहसचिव साह ?

साह तीनै सहसचिव हुन्, जो विज्ञान तथा प्रविधि मन्त्रालयको सहसचिव रहँदा नै पक्राउ परेका थिए । गत वर्ष प्रहरीले भारतीय नाकाबन्दी रहेका बेला पेट्रोल पम्पमा रिमोट चलाएर ठगी गर्नेहरु पक्राउ गरेको थियो। त्यही क्रममा साह पनि पक्राउ परे ।

साह गुणस्तर तथा नापतौल विभागको प्रमुख पम्पहरूमा डिजिटल प्राविधि सुरु भएको थियो । तर, उनकै मिलेमतोमा पम्पहरुमा रिमोट जडान गरिएको पाएपछि प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध कालोबजारी तथा ठगीको मुद्दा लगाइएको थियो । तर, जिल्ला अदालतबाट सफाइ पाएपछि उनी पुनः जागिरमा फर्किएका छन् ।

सहसचिव साहमाथि आर्थिकसँगै नैतिक आचरणलाई लिएर समेत प्रश्न उठेको कर्मचारीहरु बताउँछन् ।

यो पनि पढ्नुहोस्  

पेट्रोल पम्पमा रिमोट प्रकरणः सहसचिव एवं नापतौल विभागका पूर्वप्रमुख पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment