+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

जयबहादुर चन्द नेपाल प्रहरीको महानिरीक्षक नियुक्त, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १ गते १३:५८

१ फागुन, काठमाडौं । सरकारले डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ । आइतबार बिहान बसेको बैठकले चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आईजीपीका दाबेदार चार डीआईजीमा चन्द वरियता क्रममा तेस्रो नम्बरमा थिए ।

पहिलो नम्बरमा नवराज सिलवाल र दोस्रो नम्बरमा प्रकाश अयार्ल छन् । तर, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबावमा चन्दलाई प्रहरी प्रमुख बनाइएको हो ।

नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको समय आइतबारबाट सकिँदैछ ।

सशस्त्रमा सिंहबहादुर श्रेष्ठ

[sam_list] मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको प्रमुखमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरी प्रमुखका लागि तीन श्रेष्ठसँगै एआईजी प्रेमबहादुर शाही र प्रकाश ओझा दाबेदार थिए ।

शसस्त्र प्रहरीका प्रमुख दुर्जकुमार राईको कार्यकाल चैतमा सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?