+
+
Shares

एमाले सचिवको प्रस्तावः तीन दलको चुनावी सरकार

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १ गते १६:०१

१ फागुन, ओखलढुंगा । प्रमुख विपक्षी नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रचण्ड सरकारले स्थानीय निर्वाचन गर्न नसक्ने ठोकुवा गरेका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले मितिसहित स्थानीय तहको निर्वाचन घोषणा गर्न नसके राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए । जेठभित्रै निर्वाचन गर्न सकिने वातावरण भए पनि सरकारले निर्वाचन भाड्ने खेलमा संविधान संसोधनको मुद्दा बोकेर बसेको आरोप लगाए ।

कांग्रेससहितका ठूला तीन दलको सरकार निर्माण गरेर निर्वाचन गराउन सहज हुने उनको भनाइ छ । ‘प्रचण्डले नसके राजीनामा दिनुपर्छ, तीन दलको चुनावी सरकार बनाएर अघि बढे निर्वाचन गर्न सहज हुन्छ’ भट्टराईले भने ।

एमाले सचिव भट्टराईले वर्तमान सरकार संविधान कार्यन्वयन र निर्वाचन गराउने पक्षमा नरहेको दाबी गरे । ‘एमाले प्रतिपक्षमै बसेर निर्वाचनमा जान चाहन्छ, तर सरकार निर्वाचन गराउने बाटोमा हिडेन’ भट्टराईले भने ।

संविधानको परीक्षा नै चुनावबाट हुने भएकोले संशोधन भन्दा पहिलो चुनाव हुनुपर्ने उनको जोड थियो । ‘चुनावपछि संविधानभित्रका समस्या देखिए फेरि संशोधन गर्नुपर्छ’ सचिव भट्टराईले भने, ‘संविधान फेल भएमा अर्को संशोधनपछि अर्को परिक्षा दिनुपर्ला, नभए पहिलो टेस्ट यही संविधानलाई गर्ने हो ।’

उनले मधेसवादी दल चुनावमा सहभागी नभएमा अहिलेको जनमत पुरानै शान्तिपूर्ण पार्टी वा सीके राउत जस्ता अतिवादी शक्तिमा जाने खतरा रहेको औल्याए । उनले अघि भने, ‘चुनावमा सहभागी नहुने र हुनै नदिने भन्ने मधेशी दललाई हामीले भनिरहेका छौं, केही सम्झौता गर्नैपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?