Comments Add Comment

अष्ट्रेलियाको समुद्रमा हराइरहेका नेपाली युवाको शव भेटियो

शव नेपाल पठाउन अनलाइन रकम संकलन अभियान

१६ फेब्रुअरी, सिड्नी । न्यू साउथ वेल्सको मारोउब्रा समुद्री तटमा तीन दिनदेखि हराइरहेका एक नेपाली युवाको शव प्रहरीले फेला पारेको छ ।

गत सोमबार पौडी खेल्ने क्रममा सृष्टि भण्डारीसँगै हराएका झापाका २६ बषिर्य सुदीप उप्रेतीको शव समुद्री किनारमा ढुंगाको चेपमा भेटिएको न्यू साउथ वेल्स प्रहरीलाई उदृत गर्दै डेली टेलिग्राफले जनाएको छ । सृष्टिको शव भने मंगलबार बिहान भेटिएको थियो ।

तीन दिनदेखि उद्धार टोलीले निरन्तर उप्रेतीको खोजी गरिरहेकोमा आज बिहान मात्र उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

न्यू साउथ वेल्स बिश्वबिद्यालयमा अध्ययनरत यो जोडी सोमबार साँझ साथीहरुसँगै समुद्री किनारमा गएको थियो । केहीबेरमा आउँछौ भन्दै समुद्री किनारमै बसेका उनीहरुलाई  समुद्री छालले बगाएको अनुमान गरिएको छ । सृष्टिको शरिरबाट कुनै पनि कपडा नखोलिएको अबस्थामा उनको शव भेटिएका कारण उनीहरूलार्इ पाैडी खेलिरहेका बेला नभइ किनारमा बसिरहेका बेला छालले बगाएको अनुमान उद्दारकर्मीहरूले गरेका छन् ।

साथीहरुसँग छुटिएर साँझको समयमा एक्लै पौडीमा गएका कारण तत्कालै उद्दारसमेत हुन सकेन ।

यसैवीच भण्डारीको शव नेपाल पठाउने कार्यमा सहयोग जुटाउन उनकी नातेदार प्रतिष्ठा केसीले अनलाइन रकम संकलन अभियान थालेकी छन् ।

गोफन्डमी पेजमा थालिएको यो अभियानमा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले अहिलेसम्म १० हजार डलरभन्दा धेरै रकम सहयोग गरिसकेका छन् ।

२३ बर्षिय सृष्टि दुइ साता पहिले मात्र नेपालबाट अाएकी थिइन भने सुदीप तीन बर्षदेखि अष्ट्रेलियामा बसोबास गरिरहेका थिए ।

यी पनि पढ्नुहोस् 

समुद्री किनारमा सुरक्षित रहने ८ उपायहरु

सिड्नीमा नदीमा डुबेर दुई दिनमा दुई जना नेपालीले ज्यान गुमाए

समुद्री तटमा मृत भेटिएकी नेपाली युवतीको पहिचान खुल्यो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment