Comments Add Comment

बाँकेका दुई क्याम्पसमा क्रान्तिकारीद्वारा उम्मेदवार घोषणा

५ फागुन, कोहलपुर । आसन्न स्ववियु निर्वाचनका लागि बाँकेका दुई क्याम्पसमा अखिल क्रान्तिकारीले सभापतिका उम्मेदवार घोषणा गरेको छ । बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा राजेन्द्र विष्ट र नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगञ्जमा सिर्जना अधिकारीलाई अखिल क्रान्तिकारीले अघि सारेको हो ।

जिल्लाभर पाँचवटा क्याम्पसमा निर्वाचन हुने निश्चित भए पनि पहिलो चरणमा दुईवटा क्याम्पसमा सभापतिका उम्मेदवारको नाम सार्वजनिक गरिएको अखिल क्रान्तिकारी प्रदेश नम्बर ५ का प्रवक्ता माधव डिसीले जानकारी दिए ।

नेपालगञ्जको महेन्द्र बहुमुखी, खजुराको ज्ञानोदय, राप्तीपारीको सिद्धेश्वर, बागेश्वरी र नेपालगन्ज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ ।

अखिल क्रान्तिकारीले दुई क्याम्पसमा उम्मेदवारी घोषणा गरिसके पनि अन्य विद्यार्थी संगठनहरुले भने अहिलेसम्म कुनैपनि क्याम्पसमा आफ्ना उम्मेदवारहरु घोषणा गर्न सकेका छैनन् ।

८ वर्षको अन्तरालमा हुन गइरहेको स्ववियु निर्वाचनमा २८ वर्षे उमेर हदका कारण धेरै विद्यार्थी नेताहरु निर्वाचनमा सहभागी हुन नपाउने भएपछि बाँकेमा बलिया उम्मेदवारहरुको खडेरी परेको छ । जसको फाइदा उठाउने उठाउने प्रयत्नमा अखिल क्रान्तिकारीले आफ्ना बलिया उम्मेदवारहरुलाई अगाडि सारेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चक्रमिलन चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment