Comments Add Comment

राष्ट्रिय शिक्षा परिषदमा ७ सदस्य मनोनित


५ फागुन, काठमाडौं । शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा परिषदमा सात जना सदस्यहरुलाई मनोनित गरेको छ ।

परिषदमा कृषि वन विश्वविद्यालय चितवनका उपकुलपति आइपी ढकाल, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति भुषण श्रेष्ठ र पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवि शर्मा मनोनित गरिएको हो ।

त्यसैगरी परिषदमा सामुदायिक विद्यालय सञ्चालक समितिको अध्यक्षबाट टेकबहादुर थापा र निर्मला सुवेदी मनोनित भएका छन् ।

निजी विद्यालयको तर्फबाट एन प्याव्सनका उपाध्यक्ष डा. कुस्मिला आचार्य र प्याव्सनका उपाध्यक्ष विजय सम्वाहम्फे मनोनित भएका छन् ।

यससँगै परिषदले पूर्णता पाएको छ । संशोधित शिक्षा ऐनमा शिक्षा मन्त्रीको अध्यक्षतामा २३ सदस्यीय राष्ट्रिय शिक्षा परिषद गठन गर्ने व्यवस्था छ । परिषदका सदस्यहरुको कार्यकाल तीन वर्ष हुन्छ ।

परिषदले शिक्षा सम्बन्धी नीति निर्धारण गर्न सरकारलाई सल्लाह सुझाव दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment