+
+

टेलिकमले एकैपटक माग्यो १५५ कर्मचारी, एनटीएमा पनि २७ पदमा खुल्यो जागिर

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ८ गते १२:३९

८ फागुन, काटमाडौं । नेपाल टेलिकमले एकैपटक १ सय ५५ जना कर्मचारी मागेको छ । आज एक विज्ञापन प्रकाशित गर्दै टेलिकमले विभिन्न पदमा जागिर खुलाएको हो ।

टेलिकमले विभिन्न प्राविधिकसहित प्रशाशनिक पदहरुमा दरखास्त आह्वान गरेको छ । उपपप्रवन्धकदेखि जुनियर टेक्निसियनसम्म माग गरिएको छ । एकैपटक ४० जना इञ्जिनियरका लागि जागिर खुलेको छ ।

टेलिकमलेले खुल्लातर्फ ८९ जना कर्मचारी मागेको छ भने महिला २४, आदिवासी/जनजातीमा २०, मधेसी १३, दलित ५ र अपांग २, पिछडिएको वर्ग २ कोटमा जारि खुलेको हो । आइतबारबाट ३० दिनभित्र आवदेन दिन सकिने छ ।

यसैगरी दूरसञ्चार प्राधिकरणले पनि आजै २७ जनाका लागि दरखास्त आह्वान गरेको छ । उपनिर्देशकदेखि सहायक पदसम्मका लागि प्राधिकरणले दरखास्त मागेको हो ।

टेलिकमको सूचना


प्राधिकरणको विज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?