Comments Add Comment

युटुबमा ‘काले दाई’ हिट, माला चलिन् कि निश्चल ?


अहिले कुनै पनि कलाकार, गायक, गायिका, निर्देशकको सफलताको मापन गर्ने आधार सामाजिक संजाललाई मानिने गरिन्छ । चलचित्रमा काम गर्ने कलाकारको सफलता बक्स अफिसमा पनि मापन हुन्छ । तर, सोहि चलचित्रको गीतसंगीतको सफलता युटुबमा पाएको दर्शक अनुसार पनि हुने गरेको छ ।

‘सुर्के थैली, पूर्व पश्चिम रेल, ठमेल बजार, साइली’ जस्ता गीतको लोकप्रियता युटुबमा पाएको दर्शकको आधारमा मापन गरियो । हुनत, युटुबमा गीत हिट हुनका लागि दर्शकले पनि मन पराउनुपर्छ ।

प्रतिस्पर्धात्मक बजारमा गीत हिट बनाउन राम्रै डलर खर्च गरेर युटुबमै वुष्ट गर्ने चलन पनि छ । अहिले चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले दाई’ बोलको गीतले पनि युटुबमा राम्रो दर्शक पाइरहेको छ । यो समाचार तयार पार्दासम्म गीत हेर्नेको संख्या २७ लाख कटेको छ ।

चलचित्र चैत्र २५ गतेबाट रिलिज हुँदैछ । यो भिडियो हिट भएपछि अहिले यसमा काम गर्ने कलाकारले पनि चर्चा त पाउने नै भए । गीतको भिडियोमा दर्शकले निर्देशक निश्चल बस्नेत र मोडल माला लिम्बुको आकर्षक नृत्य हेरिरहेका छन् ।

‘वन वे’ पछि कुनै पनि चलचित्र नपाएकी मालाका लागि ‘काले दाई’ युटुबमा हिट हुनु आफैमा सुखद कुरा हो । यो चलचित्र सफल भएको खण्डमा त्यसले मालालाई पनि फाइदा दिनेछ । यो चलचित्रमा माला नायिकाको रुपमा पनि देखिनेछिन् ।

यो गीतमा सफल निर्देशक निश्चल बस्नेतको पनि नृत्य छ । गीतमा निश्चल हुनु, गीत नै राम्रो बन्नु, भिडियो हिट हुनुको मुख्य कारण हो । दिनेश राउतले निर्देशन गरेको यो चलचित्रलाई सुवास गिरी र निकिता पौडेलले निर्माण गरेका हुन् ।

गीत हिट भएपछि चलचित्र पनि हिट भएका धेरै उदाहरण छन् । ‘काले दाई काले’ले कलाकारलाई त फाइदा गर्‍यो नै, चलचित्रको व्यापारमा पनि फरक पार्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment