Comments Add Comment

राप्रपा अधिवेशनः अध्यक्ष र ९८ केन्द्रीय सदस्यका लागि आज मतदान

९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकता महाधिवेशनअन्तर्गत आज नेतृत्वका लागि निर्वाचन हुँदै छ । आइतरबादेखि सुरु भएको निर्वाचन प्रक्रियाअन्तर्गत एक अध्यक्ष र ९८ केन्द्रीय सदस्यका लागि आज निर्वाचन हुन लागेको हो ।

अध्यक्षलाई सर्वसम्मत बनाउने प्रयास असफल भएपछि निर्वाचन गर्न लागिएको राप्रपाले जनाएको छ । अध्यक्षका लागि निवर्तमान अध्यक्ष कमल थापा र काठमाडौंका जिल्ला नेता प्रदीपविक्रम राणाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै ९८ केन्द्रीय सदस्यका लागि तीन सय ६३ जनाको उम्मेदवारी परेको छ ।

अधिवेशनबाट पारित नयाँ विधानअनुसार २७ पदाधिकारी मनोनिन हुनेछन् । बाँकी ४० प्रतिशत केन्द्रीय सदस्य पनि मनोनित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment