+
+

अनेसास वाशिंटनको अध्यक्षमा पुनः रामप्रसाद खनाल

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ११ गते १०:२८

अमेरिका । नेपाली साहित्य-संस्कृतिको संवर्द्धनका लागि केन्द्रित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिंटन डि.सी. मेट्रो कमिटीको अध्यक्षमा रामप्रसाद खनाल पुनः चयन भएका छन् ।

यसअघि पनि अध्यक्ष रहेका खनालले आगामी दुईवर्षे कार्यकालका लागि जिम्मेवारी पाएका हुन् । संस्थाको महासचिवमा भुपनारायण घर्तीमगर चयन भए । अध्यक्ष र महासचिवसहित २६ जनाको कार्यसमिति पनि चयन गरिएको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा अरुण रुपाखेती, विमला निरौला र रजनी श्रेष्ठ छन् । त्यस्तै, निरा शर्मा सचिव र पुस्कर पन्त कोषाध्यक्ष चयन भए ।

कार्यसमितिका सदस्यहरुमा अनिल खनाल, रविन्द्र श्रेष्ठ, पवन बराकोटी खनाल, दुर्गा रिजाल, पुष्पा घिमिरे, नीलकण्ठ सुवेदी, कृष्ण अधिकारी, बृहस्पति लम्साल, शकुन्तला अधिकारी, गोमा न्यौपाने, लोककुमारी सुवेदी, विकास अधिकारी, संगीता पन्त, सुजना ढकाल, सुनिता खत्री, विना घर्ती मगर, मनिषा प्रसाई, अम्बिका गुरुङ र बिश्वराज थापा कम्युनिकेशन डाइरेक्टरको रुपमा छन् ।

नवनिर्वाचित अध्यक्ष खनालले विधान अनुसार संस्थाको संरक्षक र सल्लाहकार पनि नियुक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?