
११ फागुन, काठमाडौं । नेपाल प्रहरीका २० प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । गृहमन्त्रालयले सोमबार गरेको सरुवाको सूची प्रहरी प्रधान कार्यालयले बुधबार मात्र सार्वजनिक गरेको छ ।
यो सरुवामा प्रहरी महानिरीक्षकमा बढुवा गरिएका जयबहादुर चन्दविरुद्ध मुद्दा हाल्ने नवराज सिलवाल परेका छैनन् । उनी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा छन् ।
ट्राफिक प्रहरी महाशाखामा रहेका प्रकाश अर्याललाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अ. नि. ब्यूरोमा सरुवा गरिएको छ । बमबहादुर भण्डारीलाई विशेष ब्यूरोबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा लगिएको छ । अर्याल र भण्डारी पनि प्रहरी प्रमुख बढुवाका दावेदार थिए ।
अख्तियारमा कमल सिंह बमलाई सरुवा गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पंकज श्रेष्ठलाई लगिएको छ ।
हेर्नुहोस् सरुवा सूची
(सरुवा भएका डीआईजीहरूको संख्या २० हुनुपर्नेमा यसअघि अन्यथा भएकाले सच्याइएको छ । सं.)
प्रतिक्रिया 4