Comments Add Comment

मजदूरी गर्न भारत गएका सुदूरपश्चिमका १६५ बेपत्ता

१२ फागुन, महेन्द्रनगर । मजदूरीका लागि भारत गएका सुदूरपश्चिमका नेपाली मजदूमध्ये १६५ जना वेपत्ता भएको तथ्यांक सार्वजनिक भएको छ ।

गैरसरकारी संस्था निडुस नेपालले कञ्चनपुर, अछाम र डोटी जिल्लामा गरेको अनुसन्धानबाट मजदूरीका लागि भारत गएकामध्ये १६५ जना हराएको पाइएको हो ।

सुदूरपश्चिमका नौवटै जिल्लाको अवस्थालाई हेर्ने हो भने त १ हजार नाघ्ने अनुमान गरिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

निड्स नेपालले सुरक्षित आप्रवासन र चेलीबेटी बेचबिखन रोकथाम परियोजना अनुसार तीन जिल्लामा पुगेर तथ्यांक संकलन गरेको थियो । हराएकाहरुको खोजीका लागि स्थानीय प्रशासनमा उजुरी नपर्दा पनि यकिन तथ्यांक संकलनमा समस्या भएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment