+
+
Shares

संसद बैठकअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १२ गते १०:२५

१२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

संसद बैठक अघि सिंहदवारस्थित सभामुख ओनसरी घर्तीको चम्बरमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । भेटमा दुई नेताबीच संविधान संशोधन प्रक्रिया अघि बढाउनेबारे छलफल भएको बताइएको छ ।

सरकारले बिहीबारको संसद बैठकमा संविधान संशोधन विधेयक अघि बढाउन चाहेको छ । तर, एमालेसहितका ९ दलले भने विरोध गर्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?