Comments Add Comment

कंगनाका लागि ‘रंगुन’ कति महत्वपूर्ण ?

आजबाट विशाल भारद्धाजको निर्देशनमा तयार भएको चलचित्र ‘रंगुन’ रिलिज भएको छ । भारतसँगै विश्वभर प्रदर्शनमा आएको यो चलचित्रको चर्चा जति हुनुपर्ने हो, त्यती भएन । कलाकारले पनि प्रचारमा खुलेरै साथ दिएनन् ।

तर, विशालको चलचित्र बनाउने शैली र कलाकारको नामका कारण पनि ‘रंगुन’ चल्ने भारतीय पण्डितहरुले बताइरहेका छन् । यो चलचित्रमा कंगना रनावत, साहिद कपुर, सैफअली खान जस्ता कलाकारको अभिनय छ । यो चलचित्रको व्यापारले नायिका कंगना रनावतलाई धेरै नै फरक पार्ने भारतीय मिडियाको दाबी छ ।

‘क्विन, तन्नु वेड्स मन्नु’ जस्ता चलचित्रमा कंगनाले अभिनय दमदार गरेकी थिइन् । यी चलचित्र चल्नुको पछाडि कथालाई महत्वपूर्ण मानियो । ‘कट्टी बट्टी, रिभल्भर रानी, रज्जो’ जस्ता चलचित्र असफल भएकाले पनि कंगनाको करिअरमा ‘रंगुन’ चल्न आवश्यक छ ।

कथावस्तु राम्रो भएका चलचित्र चलेपनि कंगनाकै नामले चलचित्र चलेको देखिएको छैन । यसैले, ‘रंगुन’ कंगनाका लागि महत्वपूर्ण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment