+
+
Shares

डोल्पाको लिकुमा तोकिएको मितिमा स्ववियु चुनाव नहुने

रासस रासस
२०७३ फागुन १४ गते १०:४७

१४ फागुन, दुनै । त्रिभुवन विश्वविद्यालयले यही फागुन १८ गतेका लागि तोकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लिकु संयुक्त क्याम्पसमा नहुने भएको छ ।

लिकु–४ मा रहेको उक्त क्याम्पसमा व्यवस्थापन समितिको पदावधि सकिनुका साथै क्याम्पस प्रमुख नियुक्ति भई नसकेकाले समितिको पुनःगठन र क्याम्पस प्रमुखको नियुक्तिपछि मात्र चुनावी प्रक्रियामा जाने सहायक क्याम्पस प्रमुख गणेशप्रसाद शर्माले बताए ।

शिक्षा सङ्कायतर्फ तीन तह गरेर जम्मा २४ विद्यार्थी भएको र त्यसमा समेत एक दुई जनाबाहेक बाँकी सबै त्रिभुवन विश्वविद्यालयले जारी गरेको निर्देशिका विपरीतका भएको नामावली क्याम्पस प्रशासनले प्रकाशन गरेको थियो ।

क्याम्पसले नामावली प्रकाशन गरिसकेपछि विद्यार्थीको आधिकारिकताको विषयमा विद्यार्थी सङ्गठनबीच विवाद भएपछि व्यवस्थापनको सबै काम सकाएर फेरि पनि सबै पक्षसहितको निर्वाचन समितिको भेलाले भोट हाल्न पाउने विद्यार्थी छनोट गर्ने सहायक क्याम्पस प्रमुख शर्माले बताए ।

पहिला क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष आएपछि समिति पुनःगठनसँगै विद्यार्थी सङ्गठनसँग छलफल गरेर मात्र चुनावको तयारी गर्ने क्याम्पस प्रशासनको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?