१५ फागुन, गोरखा । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनको मनोनयन दर्ता गराउने क्रममा विवाद भएपछि गोरखा क्याम्पसमा तालावन्दी भएको छ ।
मनोनयन दर्ताको क्रममा मर्यादा क्रम नमिलेको भन्दै नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीले आइतवार क्याम्पसमा तालावन्दी गरेको हो ।
मनोनयन दर्ताको क्रममा कसको दर्ता क्रम पहिले हुने भन्ने बिषयमा कांग्रेस निकट नेपाल बिद्यार्थी संगठन र अखिल क्रान्तिकारीबीच विवाद भएको थियो । निर्वाचन समितिले नेविसंघलाई दोस्रो र अखिल क्रान्तिकारीलाई तेस्रो क्रममा दर्ता गरेर अन्तिम मतदाता नामावली प्रकाशन गर्न खोजेको थियो ।
वार्ताबाट सहमतिको प्रयास भइरहेको गोरखा क्याम्पसका निर्वाचन अधिकृत यदु अधिकारीले बताए । पहिलो क्रममा भने नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी बिद्यार्थी संघले मनोनयन दर्ता गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4