Comments Add Comment

यस्तो आयो स्ववियु चुनावको परिणाम, तीनै संगठनको पक्षमा नतिजा

१६ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा केही क्याम्पसमा निर्विरोध र केहीमा निर्वाचनबाट पदाधिकारी छानिएका छन् ।

स्ववियु निर्वाचन अनुगमन तथा निर्देशन शाखाका अनुसार उपत्यका बाहिरका केही क्याम्पसको परिणाम प्राप्त भएको छ । जस अनुसार काभ्रेको कानपुर क्याम्पस तिमालमा सबै विद्यार्थी संगठन मिलेर सर्वसम्मत पदाधिकारी चयन गरेका छन् । अनेरास्ववियुकी सुनिता तामाङ सभापति चयन भएकी छन् । त्यस्तै अखिल क्रान्तिकारीकी मुना अधिकारी उपसभापति र नेविसंघकी अनिता तामाङ कोषाध्यक्ष भएकी छिन् ।

त्यस्तै धादिङका तीन वटा क्याम्पसमा निर्वाचन भएकोमा दुई वटामा नेविसंघले जितेको छ भने एउटामा अनेरास्ववियुले जितेको त्रिविले जनाएको छ ।

अर्घाखाँचीको पाणिनि क्याम्पस र बर्दियामा अखिल क्रान्तिकारी प्रचण्डले जितेको छ । बझाङका दुई क्याम्पसमा अनेरास्ववियुले जितेको छ ।

दोलखाको हनुमन्तेश्वरमा अनेरास्ववियुको प्यानल निर्विरोध भएको शाखाका पदाधिकारीले बताए । त्यस्तै बैतडी क्याम्पसमा नेविसंघ र खोटाङ क्याम्पसमा अखिलले जितेको छ ।

पाल्पाको माण्डव्य क्याम्पसमा अखिलले जितेको छ भने रुकुमका दुई क्याम्पसमा अखिल क्रान्तिकारी निर्विरोध भएको छ ।

अन्य साना क्याम्पसहरुमा पनि निर्वाचन सम्पन्न भएको तर परिणाम त्रिविले आधिकारिकरुपमा सार्वजनिक गरेको छैन ।

विद्यार्थी संगठनहरुले आफूले जितेका क्याम्पसहरु दाबी गरे पनि विश्वविद्यालयल स्ववियु निर्वाचन अनुगमन समितिले पुष्टि गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment