Comments Add Comment

गृहमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

१७ फागुन, काठमाडौ । नेकपा एमालेले गृहमन्त्री विमलेन्द्र निधीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

एमालेको केन्द्रीय प्रचार विभागले मंगलबार विज्ञप्ति निकालेर आफनेा पार्टीको मेची-महाकाली राष्ट्रिय अभियान विथोल्न आह्वान गर्दै गृहमन्त्री नीधिको उत्तेजक अभिव्यक्ति दिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उपप्रधान तथा गृहमन्त्री नीधिले सोमबार सिराहामा एक कार्यक्रमलाई सम्बोधन गर्दै संविधान संशोधनमा असहयोग गरे एमालेविरुद्ध भण्डाफोर गर्ने चेतावनी दिएका थिए ।

तर, एमालेले भने गृहमन्त्रीले प्रमुख प्रतिपक्षी दलको कार्यक्रम विथोल्न अभिव्यक्ति लिएको भन्दै यो निन्दनीय भएको बताएको छ । विज्ञप्तीमा भनिएको छ, ‘सरकारले घोषणा गरेको स्थानीय निर्वाचन सफल पार्न वातावरणसमेत तयार गर्ने मेची-महाकाली राष्ट्रिय अभियान भाँड्नका लागि मुलुकको शान्ति-सुरक्षाको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ ।’

एमालेले आफ्नो पार्टीको कार्यक्रममा कुनै अवाञ्छित गतिविधि भएमा त्यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री निधी र सरकारले लिनुपर्ने समेत चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment