१७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावपछि मात्र संविधान संशोधन गर्ने संकेत गरेका छन् ।
सत्तारुढ नेपाली कांग्रेस र मधेसी मोर्चाका नेताहरुको बैठक बोलाएर उनले संशोधन फेल हुने गरी प्रक्रिया अघि नबढाउने प्रस्ताव राखे । संशोधन पास गराउनै पर्छ भन्दै उनले समय लिएर पास गराउने गरी मात्र अघि बढाउनु पर्नेमा जोड दिएका हुन् ।
मधेसी मोर्चालाई स्थानीय चुनावमा आउने वातावरण बनाउन स्थानीय तहको संख्या बढाउने र निर्वाचन मण्डलबाट स्थानीय तह प्रमुख तथा उपप्रमुखको मताधिकार हटाउन प्रचण्डको प्रस्ताव छ । यसले संशोधनको सम्वन्ध प्रदेश र केन्द्रको चुनावसँग हुने भन्दै प्रधानमन्त्रीले स्थानीय चुनावपछि मात्र संशोधन अघि बढाउने प्रस्ताव राखेको रामसपाका महासचिव केशज झाले बताए ।
तर, मधेसी मोर्चाका नेताहरुले बोल्नु नै कांग्रेस सभापति शेरबहादुर देउवाले समय मागे । राप्रपाका नेताहरुसँग आफ्नो आज कुराकानी हुने भन्दै देउवाले त्यसपछि मात्र कुनै निष्कर्षमा पुग्नु उपयुक्त हुने बताएका छन् ।
लगतै मधेसी मोर्चाका नेताहरु भोलि नै छलफल गरौंला भनेर उठेका छन् । र, प्रधानमन्त्रीको प्रस्तावबारे छलफल गर्न आकस्मिक बैठक बस्दैछ ।
प्रतिक्रिया 4