Comments Add Comment

अनमोललाई भाइटिका लगाउँछौ, कविरसँग बिहे गर्छौः मरिष्का र चाँदनी(भिडियो कुराकानी)


चलचित्र ‘लम्फू’को छायांकन सुरु भएको छ । लामो समयदेखि निर्माणको प्रक्रियामा रहेको यो चलचित्रको छायांकन सुरु भएपछि अहिले यसका ३ कलाकारको चर्चा पनि सुरु भएको छ ।

यो चलचित्रमा नायिकाद्धय मरिष्का पोख्रेल, चाँदनी शर्मासँग नव-नायक कविर खड्काले काम गर्दैछन् । साथमा सलोन बस्नेतको यसमा मुख्य भूमिका छ ।

‘लम्फू’का २ नायिका र एक नायकसँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः

अनलाइनखबरका लागि ‘मस्ती टक’ गर्दै चलचित्रका मुख्य ३ कलाकार मरिष्का, चाँदनी र कविरले निकै रमाइलो गरे । एक रमाइलो प्रसंगमा चाँदनी र मरिष्काले नायक अनमोल केसीलाई भाइटिका लगाउने इच्छा देखाए । चलचित्रका मुख्य कलाकार कविर खड्कासँग बिहे नै गर्ने उनीहरुको चाहना थियो ।

चलचित्रमा रहेको आफ्नो भूमिकाको बारेमा कुनै पनि कलाकारले खुलाउन चाहेनन् । मरिष्का र चाँदनीसँग काम गर्न पाउँदा आफू निकै खुशी भएको कविरले बताए । मरिष्काले पनि यो चलचित्रको नाम नै मन परेर काम गर्न लागेको सुनाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment