Comments Add Comment

विद्यालयलाई सिटिजन्स बैंकको कप्युटर सहयोग

१८ फागुन, काठमाडौं । सिटिजन्स बैंकले नेपालको शिक्षा जगतमा टेवा पुर्याउने उद्देश्यले बर्दिया जिल्ला गुलरिया सिरकोइयामा रहेको जानकी प्राथमिक विद्यालयलाई सामाजिक उत्तरदायित्व अन्तरगत भौतिक सहयोग स्वरुप १ थान कप्युटर वितरण गरेको छ ।

आजैका दिन गुलरियामा आयोजित एक समारोहका बीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले १ थान कम्युटर उक्त विद्यालयका अध्यक्ष रामचन्द्र यादव र प्रधानध्यापक श्री मुन्ना लाल यादव लाई हस्तान्तरण गरे ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्रहरुमा प्रत्येक वर्ष सहयोग पु¥याउदै आएको तथा भविष्यमा पनि बैंकले यस्तै सहयोग पु¥याउने जानकारी बैंकका पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment