Comments Add Comment

‘बीग आइकन’बाट सलोमी बाहिरिइन्, अब उत्कृष्ट ८ को भिडन्त


सातौ संकरणको ‘बिग आइकन’ बन्ने दौडबाट उत्कृष्ट ९ प्रतिस्पर्धीमध्येकी एक सलोमी गुरुङ बाहिरिएकी छिन् । सलोमी बाहिरिएसँगै बाँकी ८ जना प्रतिस्पर्धीले अघिल्लो चरणको लागि बुधबार प्रतिस्पर्धा गरेका छन् ।

सलोमीले पहिलो पटकमै बिग आइकनको उत्कृष्ट ९ सम्म आउनु आफ्नो लागि ठुलो सफलता भएको प्रतिक्रिया दिईन् । ‘प्रतियोगितामा जित्ने रहर त कसको नहोला र ? यद्यपी म सर्वोत्कृष्ट बन्न नसके पनि मलाई कुनै गुनासो छैन । कारण, मैले बिग आइकनको मञ्चमा आएर आफ्नो प्रतिभालाई राम्रोसँग चिन्ने र सुधार्ने मौका पाएकी छु ।’ बाहिरिँदै गर्दा सलोमीले भनिन् ।

सलोमी बाहिरएसँगै अब प्रतियोगितामा पाल्पाका दिनेश बराल, लेखनाथका सौजन्या तामाङ, स्याङ्जाका यामबहादुर नेपाली, लामाचौरकी निलिमा ए साङ्गमा, चितवन पटिहानीका सागर आले, सैनीक बस्तीका सुबास गुरुङ, संगम टोलकी प्रिया गुरुङ र कुश्माका लक्ष्मण दर्जी भिड्दैछन् । अघिल्लो चरण आगामी शुक्रबार हुने एफएमले जनाएको छ । र, सोहि दिन उत्कृष्ट ७ प्रतिस्पर्धी पनि छनौट हुनेछन् ।

यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको सांगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बीग आइकनको मिडिया पार्टनर अनलाइनखबर डटकम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment