महिलाहरुको सुन्दरता उनीहरुको गहना हो । सुन्दरतामा शक्ति हुन्छ भनिन्छ । तर एकजना युवतीका लागि आफ्नै सुन्दरता समस्या बनेको छ । बढी सुन्दर भएकै कारण उनले आफ्नो जागिरबाट हात धुनुपरेको छ ।
बेलायतको लण्डनस्थित एक टेलिभिजनमा काम गर्ने एक युवतीको जागिर उनको सुन्दरताकै कारण गुुमेको छ । उनलाई जागिरबाट यसकारणले निकालियो कि उनी निकै सुन्दर थिइन् ।
डेलीमेलको रिपोर्ट अनुसार २४ वर्षकी एमा हल्से एक टेलिभिजनमा काम पाइन् । प्रोडक्सन फर्म युनिट टिभीमा उनले फ्रिलान्स रनरको जागिर पाएकी थिइन् । तर काम सुरु गरेको ५ मिनेटमै उनलाई जागिरबाट बर्खास्त गरियो । नोकरीबाट निकाल्नुको कारणबारे कम्पनीको प्रष्टिकरण थियो कि उनी निकै नै सुन्दर भइन् ।
टेलिभिजन कम्पनीले उनलाई टेलिभिजनमा त्यस्तो जागिर खानुको साटो मोडलिंग गर्न सुुझाव दिएको छ । म्यानेजरले उनलाई जागिरबाट निकाल्दै मोडलिंग गर्न सल्लाह दिएका छन् र आफ्नो घरमा डि्ंकको अफर पनि गरेका छन् । तर सुन्दरताकै कारण जागिरबाट निकालिनुपरेपछि एमा निकै निरास छिन्। आफूले अफिसमा कुनै आपत्तिजनक कपडा पनि नलगाएको र विनाकारण एक्कासी आफुुलाई जागिरबाट निकालिएको उनको गुनासो छ । एजेन्सी
प्रतिक्रिया 4