Comments Add Comment

रोमान्सले भरिएको छ, फेसबुकको मालिकको दाम्पत्य जीवन

फेसबुकका संस्थापक मार्क जुकरबर्गको दाम्पत्य कस्तो होला ? व्यस्त दिनचर्याकाबीच उनले आफ्ना परिवारसँग कसरी समय साझेदार गर्छन् होला ?

यतिबेला उनी एक सन्तानका पितासमेत भइसकेका छन् । मार्क र चिनियाँ मुलकी अमेरिकी प्रिशिला चान २०१२ मे १९ मा बिवाह गरेका हुन् । बिवाहअघि उनीहरु लिभ इन रिलेसनसिपमा थिए । उनीहरुको बिवाह अप्रत्यासित रुपमा भएको थियो ।

मार्क र चानले आफन्त तथा चिनेजानेकालाई घरमा निम्त्याएका थिए । त्यसबेला प्रिशिला चानले भर्खरै मेडिकल ग्राजुएसन पुरा गरेकी थिइन् । निम्तालुले ठाने, ‘सायद चानको ग्राजुएसन पार्टी हो । ‘तर, आगन्तुकलाई आश्चर्यमा पार्दै मार्क र चानले बिवाहको घोषणा गरे ।

उनीहरुको लभ स्टोरी साधरण छ । यद्यपी यतिमै यो लभ स्टोरी सकिदैन । बिवाहपछि पनि उनीहरुको लभस्टोरी अझ घतलाग्दो छ ।

प्रिशिलालो बिवाहअघि बनाएकी थिइन यस्तो नियम प्रिशिला चानलाई थाहा थियो कि, मार्कको पहिलो प्रेम फेसबुकसँग नै छ । यदि उसलाई छुट दिइयो भने सम्पूर्ण दिन फेसबुकमै व्यतित गर्नेछन् ।

त्यसैले प्रिशिला जब २००७ मा सनफ्रान्सिकोमा बस्न सुरु गरे, उनले प्रेमको केहि नियम बनाए । त्यसमा एक नियम यस्तेा थियो कि, उनले हप्तामा एक पटक कम्तिमा १ सय मिनेट एकान्तमा बिताउने । र, यो समय फेसबुकको कार्यलयभन्दा बाहिर हुनुपर्छ । प्रिशिलाले यो पनि नियम बनाएकी थिइन् कि, हरेक हप्ता एक पटक दुबै डेटमा पनि जानुपर्छ ।

बाथरुमको पंक्तिमा भेट

पि्रशिला र मार्कबीच मित्रता गाँसिएको धेरै अगाडि हो । उनीहरुबीच चिनजान भएको १४ बर्ष पुगिसक्यो । २००३ मा प्रिशिला र मार्कको जम्काभेट भएको थियो, एक पार्टीमा । उनीहरु बाथरुम जाने पंक्तिमा उभिएका थिए । त्यहीबेला प्रिशिलाले ठम्याएकी थिइन् कि, मार्क कम्प्युटरका किरा हुन् । उनी चौबिसै घण्टा कम्प्युटरमा हराउन सक्छन् ।

फेसबुकका पुराना प्रयोगकर्ता

पि्रशिला फेसबुकमा धेरै अगाडिदेखि जोडिएकी थिइन् । उनले ५ फेब्रुअरी २००४ मा फेसबुक अकाउन्ट खोलेकी थिइन् ।

यसरी नजिकिए

पि्रशिला चानले २००७ मा हार्वर्ड युनिभर्सिटीबाट ग्राजुएसन गरिन् । यस समारोहमा मार्क पनि उपस्थित थिए । त्यसपछि प्रिशिला क्यालिफोर्निया शिफ्ट भइन् । त्यहाँ उनी मेडिकलको पढाई पुरा गर्न थाले । उनले गोल्डेन गेट नजिकै एक अपार्टमेन्ट भाडामा लिएकी थिइन् । सप्ताहन्त मार्क त्यही पुग्थे । उनीहरु हातमा हात समातेर पार्क घुम्थे, नौका विहार गर्थे, कहिले कहिं भिन्न भिन्नै नौकामा बसेर रेस पनि गर्थे, । प्रिशिला चिनियाँ मुलकी भएकीले मार्क पनि आइतबार उनीसँग एशियाली परिकार खान्छन् ।

फेसबुक बेच्नबाट बचाइन्

पि्रशिलाले हरेक कदममा मार्कलाई साथ दिए । यसबीचमा मार्कको जीवन निकै तनावपूर्ण पनि रह्यो । त्यसबेला पि्रशिलाले दह्रो आड भरोसा दिइन् । २००६ मा फेसबुक खरिद गर्ने कसैले प्रयास गरेका थिए । याहुले त्यसबेला एक अर्ब डलरको अफरसमेत दिएको थियो । मार्कका लागि त्यसबेला निकै तनावपूर्ण र द्विविधाग्रस्त थियो । पि्रशिलाले उनीसँग लामो कुराकानी गरे । यसपछि उनले सबै अफर छाडे र फेसबुक बिक्री गर्ने सोंच बदले ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment