Comments Add Comment

कुलमानले भनेः विहान-बेलुकाको विजुली महंगो र अन्य समयको सस्तो गर्नुपर्छ


२० फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ तय भएको विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) को दरले विदेशी लगानीलाई आकषिर्त गर्ने बताएका छन् । उनले नेपालमा रहेको ऊर्जा संकट निवारणतर्फ अघि बढेकाले लगानी कर्तालाई ढुक्क भएर ऊर्जा क्षेत्रमा लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरे ।

जलाशययुक्त, जलाशयसहितको नदीको बहावमा आधारित (पिकिङ रन अफ रिभर) र अमेरिकी डलरमा विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) हुने जलविद्युत् आयोजनाको नयाँ दर निर्धारण भएको छ ।

राजधानीमा जारी लगानी सम्मेलनलाई सम्बोधन गर्दै घिसिङले यसले विदेशी लगानीकर्तालाई हाइड्रोमा लगानीका लागि सहज भएको बताए ।

घिसिङले अहिले प्रतिब्यक्ती विद्युत खपत दर १३० युनिट मात्रै रहेको र त्यसलाई २ हजार पुर्‍याउन सम्क्ने सम्भावना नेपालभित्रै रहेको बताए । उनले अहिले ऊर्जाको समस्या रहेपनि २ वर्षपछि नेपाल विजुली निर्यातका लागि तयारी गर्ने अवस्थमा पुग्ने पनि बताए ।

उनले विजुलीमा लगानी आकषिर्त गर्न नयाँ नीतिहरु ल्याउन सरकार तयार रहेकाले प्राधिकरणले पनि त्यसैअनुरुप योजना बनाइरहेको उल्लेख गरे ।

‘प्राधिकरणले अहिले २४ घण्टाकै विजुलीको मूल्य एकैनासले तोकेको छ । अब विहान-बेलुकाको पिक आवरमा खपत भएको विजुलीको मूल्य र कम खपत हुने समयमा प्रयोग हुने विजुलीको मूल्य फरक राख्नुपर्ने अवस्था छ’ घिसिङले भने-‘ऊर्जाको ब्यवस्थापनका लागि हामीले अहिले गरेका प्रयासमा थप प्रयासहरु पनि आवश्यक छन् ।’

यसले पनि सस्तो हुने समयमा धेरै विजुली खपत गर्ने संस्कार बस्ने र पिक आवरमा कम विजुली खपत हुने उनले बताए । यसबाट लगानीकर्ताले समेत लाभ लिन सक्नेछन् ।

अन्तर्राष्ट्रिय रुपमा पनि धेरै माग र खपत हुने समयमा विजुलीको मूल्य केही महंगो र अन्य समयमा सस्तो गर्ने अभ्यास छ । यसले विजुलीको ब्यवस्थापनमात्रै मात्रै नभएर उपभोक्ताको विजुली उपभोग शैलीमा पनि परिवर्तन ल्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment