Comments Add Comment

लगानी सम्मेलनः अनुमानभन्दा साढे १२ खर्ब बढीको प्रतिवद्धता

लगानीकर्ताले भनेः नेपालमा साढे १३ खर्ब नयाँ पुँजी ल्याउँछौं

२० फागुन, काठमाडौं । काठमाडौंमा दुईदिनसम्म चलेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा अनुमान गरिएभन्दा साढे १२ खर्ब रुपैयाँ बढीको प्रतिवद्धता आएको छ । सरकारले लगानी सम्मेलनबाट १ खर्ब जुट्ने अनुमान गरेकोमा लगानी प्रतिवद्धता भने १३ खर्ब ५२ अर्ब  (१३.५२ बिलियन डलर) को आएको हो ।

विभिन्न देशबाट सहभागी २ सय ५० भन्दाबढी विदेशी लगानीकर्ताले नेपालका विभिन्न सम्भाब्य क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् ।

स्वदेशी लगानीकर्ताहरुले पनि नयाँ ठूला परियोजनाहरुमा लगानीका लागि तत्परता देखाएको आयोजना राष्ट्रिय लगानी बोर्डले उल्लेख गरेको छ । त्यसअुसार झण्डै १३ खर्ब रुपैयाँको लगानी प्रतिद्धता जुटेको हो ।

विभिन्न राजनीतिक दलबाट लगानीलाई सहयोग गर्ने गरी आएको सामूहिक प्रतिबद्धता, लगानीमैत्री नयाँ संविधान र देशमा वर्षौदेखि रहेको उर्जा संकट निवारणउन्मुख भएपछि पनि नेपाल लगानीका लागि उत्सहा देखिएको बोर्डले जनाएको छ ।

विशेषगरी उर्जा, यातायात, कृषि, पर्यटन र सूचना तथा प्रविधि लगायताका पुर्वाधार क्षेत्रमा लगानीका लागि प्रतिबद्धता आएको छ ।

सरकारले सम्मेलनमा उपस्थित लगानीकर्तालाई नेपालमा आउन उचित वातावरण रहेको भन्दै आह्वान गरेको थियो । नेपालको प्रक्रियागत झण्झटलाई हटाउन आग्रह गर्दै कार्यक्रममा उपस्थित लगानीकर्ताहरुले सहज वातावरण बनेमा आफु नेपाल आउन तयार रहेको बताए ।

लगानीकर्ताहरुले सरकारी संयन्त्रबीचको समन्वय अभावका कारण सबैभन्दा बढी समस्या हुने गरेको भन्दै त्यसलाई फुकाउन आग्रह गरेका थिए ।

कार्यक्रममा सम्बोधन गरेका प्रधानमन्त्री, मन्त्री र सरकारी अधिकारीले लगानीका लागि आवश्यक वातावरण तयार गर्न आफूहरु प्रतिवद्ध रहेको बताएका थिए ।

त्यसैकाआधारमा ठूलो परिमाणमा लगानी प्रतिवद्धता आएको छ । विगतमा पनि लगानीका लागि ठूलो प्रतिवद्धता आएपनि विभिन्न प्रक्रियागत तथा नीतिगत झन्झटका करण लगानीकर्ता निरुत्साहित हुने गरेका थिए ।

यसपटक भने राजनीतिक दहलरुले सामूहिक रुपमा लगानीका लागि वातावरण बनाउन कुनै कसर नछोड्ने बताएकाले लगानीकर्तामा उत्साह थपिएको छ ।

यी पनि पढ्नुस्

नेपालमा ८ खर्ब ३० अर्ब लगानी गर्ने चिनियाँ घोषणा, भारतीय प्रतिवद्धता ३१ अर्ब मात्रै

लगानीकर्तालाई ऊर्जामन्त्रीको आह्वान- नेपाल बाँझो जमिन हो, जोत्नुस् र लाभ लिनुस्

लगानीकर्ताले मागे पुँजी भित्र्याउने सहज वातावरण, गभर्नर भन्छन् : नियमनमा कडा हुनैपर्ने बाध्यता

कुलमानले भनेः विहान-बेलुकाको विजुली महंगो र अन्य समयको सस्तो गर्नुपर्छ

५ वर्षभित्र २५ वटा नयाँ तारे होटल खोल्ने सरकारको घोषणा

भाबुक हुँदै उद्योगमन्त्रीले भने-७ खर्ब रेमिट्यान्स भित्र्यायौं, युवाशक्ति र विकास गुमायौं

लगानी सम्मेलनः अनुमानभन्दा साढे १२ खर्ब बढीको प्रतिवद्धता

कोकाकोलाको अनुभवः नेपालमा लगानी गर्दा उच्च मुनाफा

भारतीय अर्थमन्त्रीले भनेः नेपालमा रेल सञ्जाल र प्रशारण लाइन सहयोग प्राथमिकतामा

एयरपोर्ट र ऊर्जामा लगानी गर्नुस्ः देउवा, ओलीले भने-सरकारभन्दा अघि बसेर सघाउँछौं

१० वर्षभित्र नेपाली युवा काम खोज्दै विदेशिने अवस्था हट्छः उद्योगमन्त्री

राजनीतिक स्थायित्व आयो, अब लगानी आउनुपर्छः प्रधानमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment