Comments Add Comment

चिहानमा गाडेको राजतन्त्र अब फर्किँदैनः खनाल

२१ फागुन, झापा । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले चिहानमा गाडी सकेको राजतन्त्र अब नफर्किने बताएका छन् ।

मेचीमहाकाली राष्ट्रिय अभियानको क्रममा शनिबार बिर्तामोडमा भएको आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले भने, ‘अझै कतिपय शक्ति राजतन्त्र व्यूँताउने कोसिस गर्दैछन् । तर, यो व्यर्थ छ ।’

नेता खनालले सरकारले निर्वाचन गर्न नचाहेको आरोप लगाए । ‘सरकारले निर्वाचन गर्न चाहिरहेको छैन’ खनालले भने, ‘निर्वाचनको मिति घोषणा गरे पनि सरकार खुट्टा कमाइरहेको छ ।’

नेकपा एमालेको दबावका कारण सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेको उनको दाबी थियो । ‘हामी जसरी भए पनि तोकिएकै समयमा निर्वाचन गराइ छाड्छौं’, नेता खनालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment