+
+
Shares

स्थानीय चुनाव अघि अर्को सरकार कल्पना गर्न सकिँदैनः प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २२ गते ११:२५

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव अघि अर्को सरकार कल्पना गर्न नसकिने बताएका छन् । साथै उनले अहिले राष्ट्रिय सरकार सम्भव नभएको बताए ।

नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘गठवन्धन फेरिने बजार हल्ला पनि आएका छन् । तर, यो सत्य होइन ।’

स्थानीय तहको निर्वाचनका लागि सरकार सबै लचकता अपनाउन तयार रहेको भन्ँदै उनले भने, तर, निर्वाचन प्रभावित हुने कुरामा सहमति र लचकता हुँदैन ।’

प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई पनि सहभागी बनाएर निर्वाचन गर्ने बताए । यसका लागि चुनाव अघि नै संविधान संशोधन अगाडि बढाउन चाहेको भन्दै उनले भने, सबै दलसँग सम्वाद जारी छ, त्यसका लागि पूर्ण कोशिस हुन्छ ।’

तर, राप्रपाले संशोधन प्रस्तावको पक्षमा भोट हाल्दैनौं भनेकोले अहिले नै सरकारले संशोधन विधेयकलाई मतदानमा लैजान नचाहेको उनले बताए । किनकी त्यसरी जाँदा संशोधन फेल हुन्छ, त्यो हामी चाहँदैनौं’ उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?