Comments Add Comment

आरआरमा स्ववियु चुनाव नहुनुको दोष प्रहरीलाई !

त्रिभुवन विश्वविद्यालयद्वारा दुःख व्यक्त

आरआर क्याम्पसमा स्ववियु चुनावको पक्ष र विपक्षमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि प्रहरीसँग झडप भएको थियो ।

२४ फागुन, काठमाडौं । रत्नराज्य क्याम्पसमा स्ववियु चुनाव हुन नसक्नुमा प्रहरी प्रशासन दोषी रहेको क्याम्पस प्रशासनले आरोप लगाएको छ । त्रिभुवन विश्वविद्यालयले भने क्याम्पस प्रशासनको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै दुःख व्यक्त गरेको छ ।

फागुन १८ गते हुन नसकेको स्ववियु चुनाव आरआर क्याम्पसमा फागुन २३ गते तोकिएको थियो । तर, सो दिन पनि चुनाव हुन सकेन । निर्वाचन आयोगले स्थानीय चुनावको आचारसंहिता लागू भइसकेको भनेपछि र प्रमुख विद्यार्थी संगठनहरुबीच चुनाव गराउने विषयमा एकमत नभएपछि स्ववियु चुनाव स्थगित भएको थियो ।

चुनाव हुन नसकेपछि आरआर क्याम्पस प्रशासनले विज्ञप्ति निकालेर प्रहरीले क्याम्पस परिसरलाई विना सूचना एकाएक नियन्त्रणमा लिई क्याम्पस प्रशासन, शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई प्रवेश गर्न नदिई निर्वाचन हुन नसकेको जनाएको थियो ।

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले मंगलबार प्रेस विज्ञप्ती प्रकाशित गरेर भनेको छ, ‘क्याम्पसले तोकेको समयमा निर्वाचन गर्ने कार्यमा नेपाल सरकार गृहमन्त्रालय र सुरक्षा निकायबाट सहज र सुलभ वातावरण सिर्जना हुनुपर्नेमा सो नभई क्याम्पस प्रशासनबाट विज्ञप्ति प्रकाशित हुने कार्यले त्रिभुवन विश्वविद्यालयलाई अत्यन्त दुःखित बनाएको छ ।’

विज्ञप्तिमा थप लेखिएको छ, ‘प्रजातन्त्रको मेरुदण्ड नै निर्वाचन हो भन्ने विश्वव्यापी मान्यतामा त्रिभुवन विश्वविद्यालय अडिग रहेको हुँदा त्रिभुवन विश्वविद्यालय र अन्तर्गतका आंगिक क्याम्पसहरुमा हुने निर्वाचनमा गृह प्रशासन र सुरक्षा निकायबाट पूर्ण सहयोग हुने कुरामा त्रिभुवन विश्वविद्यालय पूर्ण विश्वस्त रहेको छ ।’

हेर्नुहोस् त्रिविले निकालेको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment