Comments Add Comment

औषधीको सही सेवन नगरे ज्यानै जाने खतरा

औषधी सेवनअघि जान्नैपर्ने कुरा

कुनैपनि रोग निदानका लागि हामी औषधी सेवन गर्छौ । रोगको प्रकृति अनुसार औषधी भिन्न-भिन्नै मात्र हुँदैन, त्यसको मात्रा र सेवन गर्ने विधीमा पनि एकरुपता हुँदैन ।

औषधीको प्रेस्किप्सन लिइरहेको समयमा चिकित्सकले औषधी खाने तरिका र समय पनि बताएका हुन्छन् । यद्यपी चिकित्सकको सल्लाहलाई हामी वेवास्ता गर्छौ । जसले गर्दा उक्त औषधीले जति प्रभाव पार्नुपर्ने हो, त्यती पार्दैन । अझ कतिले त ‘साइट इफेक्ट’ हुनसक्छ । त्यसैले औषधी सेवनको समयमा केहि कुरामा ख्याल गर्नैपर्छ ।

चिकित्सकसँग पुरा सल्लाह लिनुहोस्

–    चिकित्सकले प्रेस्किप्सन दिइसकेपछि एकपटक राम्ररी पढ्नुहोस्, ताकि त्यहाँ दिइएको औषधीबारे जान्न सकियोस् ।

–    चिकित्सकसँग राम्ररी बुझ्नुहोस् कि, औषधी कहिले खाने र कसरी खाने । खानापछि वा अघि खाने भन्ने सम्बन्धमा पनि स्पष्ट हुनुपर्छ ।

–    उक्त औषधी सेवन गरेको समयमा के कस्ता खानपानमा पहरेज गर्नुपर्छ भन्ने कुरा पनि बुझौं ।

–    कति औषधी रोग निको भइसकेपछि पनि पुरा डोज लिनुपर्ने हुन्छ, कति रोग निको नभएसम्मका लागि मात्र सेवन गर्नुपर्ने हुन्छ । यसबारे पनि स्पष्ट हुनुपर्छ ।

–    कतिपय औषधी सेवनपछि त्यसले केहि असरहरु गर्छ, त्यस सम्बन्धमा चिकित्सकसँग बुझ्नुपर्छ ।

औषधी खरिद गर्दा

–    चिकित्सकको पेस्किप्सन अनुसारकै औषधी खरिद गर्नुपर्छ । औषधी पसलबाट दिइएको औषधी र चिकित्सकको प्रेस्किप्सनमा दिइएको औषधी मिल्छ कि मिल्दैन हेर्नुपर्छ ।

–    औषधीको एक्सपायर डेट ख्याल गर्नुपर्छ ।

–    संभव भएसम्म एकै स्टोरबाट औषधी खरिद गर्नु राम्रो हो । यसले गर्दा उक्त पसलेलाई तपाईले सेवन गरिरहेको औषधीबारे थाहा हुन्छ ।

औषधी सेवन गरेको बेला

–    औषधी सेवन गर्ने समयमा चिकित्सिकले दिएको निर्देशनलाई आवश्य पालना गरौं । खाना अघि वा पछि खाने हो भन्ने कुराको पनि ख्याल गर्नैपर्छ ।

–    सकेसम्म एउटै समय तालिकामा औषधी सेवन गरौ ।

–    औषधी कति मात्रामा सेवन गर्नुपर्ने हो, त्यस कुरालाई राम्ररी फलो गर्नुपर्छ ।

–    चिकित्सकको परामर्श बिना औषधीको डोज बढाउने वा घटाउने गर्नु हुँदैन ।

–    मदिरापान गरेको अवस्थामा औषधी सेवन गर्नु हुँदैन ।

–    एउटा रोगको औषधी सेवन गरिरहेकाले अर्को औषधी सुरु गर्दा चिकित्सकको सल्लाह लिनैपर्छ ।

–    कतिपय यस्तो औषधी हुन्छन्, जो एकसाथ सेवन गर्नु हुँदैन ।

–    औषधी पानीसँग लिने हो भने पर्याप्त पानी पनि पिउनुपर्छ, औषधी निल्नका लागि मात्र होइन ।

लापरवाही नगरौं

–    आफ्नो मर्जी अनुसार पुरानो प्रेस्किप्सन अनुसार औषधी सेवन नगरौ ।

–    औषधी सेवन गर्दा पेट दुख्यो, सुन्नियो भने चिकित्सकसँग तुरुन्तै सम्पर्क गर्नुपर्छ ।

–    केहि पटक प्रयोग गरिसकेको औषधी पुन प्रयोग नगरौ ।

–    यात्राको क्रममा आफुलाई आवश्यक औषधीको जोहो गर्नुपर्छ ।

किन खाना अघि र खाना पछि खाइन्छ ?

कति औषधी खाना पछि खानुपर्छ, भने कुनै खाली पेटमा । किन त ?

खानाअघि वा खाली पेटमा

केहि यस्तो औषधी हुन्छ, जो पानीसँग चाडै घुल्छ र असर गर्छ । यदि त्यसलाई खानापछि वा खानासँग खाइयो भने खानासँग घुल्न समय लाग्छ, जसले औषधीको असर कम हुन्छ । त्यस्तै खानामा रहेको नुन, पोटाशियम जस्ता तत्वसँग घुलिन्छ र प्रभावकारी हुँदैन ।

खानापछि किन खाने ?

कति औषधी यस्ता हुन्छन्, जो पेटमा गएर एसिडिटीको कारण बन्छ । त्यसले पेटको दुखाई, वान्ता हुनसक्छ । त्यसैले उक्त औषधीलाई खानापछि मात्र खानुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment