२५ फागुन, काठमाडौं । सरकारले स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन निर्वाचन आयोगलाई बुझाएको छ ।
निर्वाचन आयोगले स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन तत्काल नपाए निर्वाचन गराउन जटिल हुने चेतावनी दिँदै आएको थियो । मंगलबार अबेर स्थानीय विकास मन्त्रालयले निर्वाचन आयोगलाई मन्त्रिपरिषदबाट स्वीकृत प्रतिवेदन बुझाएको हो ।
यससँगै आयोगले ७ सय ४४ स्थानीय तहका साथै त्यसको केन्द्र र सिमाना समेत पाएको छ ।
आयोगले अव प्रतिवेदनका आधारमा निर्वाचन केन्द्रहरु तोक्ने छ । आयोगका सचिव गोपीप्रसाद मैनालीले अब प्रतिवेदन अध्ययन गरेर नयाँ निर्वाचन केन्द्र तोक्ने बताएका छन् ।
यस्तै अब स्थानीय तह, वडा अनुसारको मतदाता नामावली मिलाउने र मतदान केन्द्र तोक्ने काममा आयोगले ध्यान दिने मैनालीले बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4