Comments Add Comment

केटीले नामले बोलाउँदा किन लजाउँछन् वरुण ?

बलिउड स्टार वरुण धवन र आलिया भट्ट आजकाल आफ्नो आगामी फिल्म ‘बद्रीनाथकी दुल्हनीया’ को प्रचारमा भिडिरहेका छन् । फिल्म प्रमोसनको दौरानमा दुवै कलाकारले एक अर्काका गोप्य कुराहरु पनि खोल्न थालेका छन् ।

केही दिनअघि वरुणले चियापत्ती संकलन गर्ने आलियाको सौखको खुलासा गरिदिएका थिए । अहिले आलियाले पनि बरुणको त्यस्तै गोप्य कुरा खोलेकी छिन् ।

आलियाका अनुसार वरुण साह्रै लजालु स्वभावका छन् । आफ्ना महिला प्रशंसकहरुलाई भेट्दा उनी निकै संकोच मान्छन् । आलियाले भनिन्, ‘आजकाल वरुणसँग प्रचारका लागि हिँडिरहँदा मलाई थाहा भयो कि उनका कति धेरै प्रशंसक छन् । जब कुनै केटीले उनलाई नामले बोलाउँछिन् वा उनलाई किस खान्छिन् त्यतिबेला उनी अति लजाउँछन् ।’

आलियाले तेस्रोपटक वरुणसँग काम गर्न लागेकी हुन् । उनीहरुले २०१२ मा करण जौहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट करिअर सुरु गरेका थिए । त्यसपश्चात उनीहरुलाई २ण्१४ मा ‘हम्टी शर्माकी दुल्हनीया’ मा एक साथ देखिएको थियो ।

‘बद्रीनाथकी दुल्हनीया’ ‘हम्टी शर्माकी दुल्हनीया’ को सिक्वेल हो । करण जौहरद्वारा निर्मित तथा शशांक खेतानद्वारा निर्देशित यो फिल्म १० मार्चमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment