+
+
Shares

नेपाली नागरिकको हत्याबारे भारतसँग जवाफ माग्न सरकारलाई एमालेको आग्रह

'हामीलाई खोक्रो राष्ट्रवादी भन्नेहरु सिमानामा जनता मारिदा बिरोध गर्न डराउँछन्'

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २६ गते १७:०८

२६ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कन्चनपुरको आनन्द बजारमा भारतीय पक्षले नेपालीको हत्या गरेको सन्दर्भमा सरकारले तत्कालै भारतीय पक्षसँग जवाफ माग्नुपर्ने बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार आफ्नो नागरिक मारिदा मूकदर्शक बनेको भन्दै आलोचना गरे ।

‘देशभक्तिको कुरा गर्ने, राष्ट्रिय स्वाभिमानको पक्षमा लड्नेहरुलाई खोक्रो राष्ट्रवादी भनेर होच्याउनेहरु आज सिमानामा नागरिक मारिदा प्रतिक्रियाविहीन बनेका छन्,’ ओलीले भने, ‘सरकारले तत्काल यसबारे आपत्ति जनाएर भारतीय पक्षको जवाफ माग्नुपर्छ ।’

देशको सीमा रक्षा गर्ने नागरिक मारिदा मौन बस्नेहरु एमालेको नेतृत्वको हत्या गर्ने सुनियोजित प्रयासका साथ सप्तरीमा हिंसा मच्चाउनेहरुको पक्षमा वकालत गरेको भन्दै ओलीले प्रहार गरे । ओलीले भने, ‘एक शब्द त्यो कथित मोर्चाले सिमानामा नेपाली मारिएको बारे बिरोध गर्न सक्छ ? अहँ सक्दैन किनकी उनीहरु कसका सेवक हुन् प्रष्टै छ ।’

भेलालाई सम्बोधन गर्दै एमालेका नेताहरु सत्यनारायण मण्डल, लालबाबु पण्डित, योगेश भट्टराई, जीवनराम श्रेष्ठ लगायतले सिमानमा भारतीय पक्षबाट हत्या गरिएका नेपाली गोविन्द गौतमलाई शहीद घोषणा गर्नुपर्ने बताए ।

पण्डितले भने, ‘एमाले नेताहरुलाई भाला रोपेर मार्न खोज्नेहरुलाई शहीद घोषणा गर्न हतारिनेहरु मातृभूमीको रक्षा गर्ने वीर योद्धाको हत्याको बिरोधमा बोल्न समेत डराउँदैछन् ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?