Comments Add Comment

बागमती सफाइका २ सय हप्ताः कोही मञ्चमा, कोही फोहोरमा (तस्वीरसहित)

प्रचण्डदेखि धुर्मुससम्म बागमती सफाइ अभियानमा


२८ फागुन, काठमाडौं । बागमती सफाइ अभियानको २ सय हप्ता पूरा भएको अवसरमा शनिबार प्रधानमन्त्री प्रचण्डदेखि लिएर प्रशासक, विद्यार्थी, कलाकार, सुरक्षाकर्मी एवं सर्वसाधारणले वागमती किनारमा भेला भएर ऐक्यवद्धता जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले शंखमुलमा आयोजित कार्यक्रममा सहभागिता जनाए । प्रधानमन्त्रीमा साथमा मन्त्री, मुख्य सचिव लगायत उच्च सरकारी अधिकारीहरु सहभागी थिए ।

त्यसैगरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पतीले नयाँ शक्तिको लोगो अंकित ज्याकेट लगाएर बागमती सफाइमा सहभागिता जनाए ।

धुर्मुस, सुन्तली, जितु नेपाल लगायतका कलाकारहरु पनि ब्यानरसहित अभियानमा सहभागी बने । धुर्मुस र सुन्तली नेपाल सरकारका सफाइ दूतसमेत हुन् ।

वागमती सफाइ अभियन्ता तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल पनि वागमती सफाइ अभियानमा सहभागी बने ।

शनिबार बिहानैदेखि पानी दर्किएका कारण अभियानमा केही कठिनाइ उत्पन्न भए पनि पानीको परबाह नगरी विभिन्न विद्यालयका वालवालिका एवं वयस्कहरु वागमती किनारमा भेला भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment