Comments Add Comment

चिनियाँ टोलीलाई देउवाले भने- एक चीन नीतिप्रति प्रतिबद्ध छौं, शंका नगर्नुस्

३ चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोलीले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ ।

देउवालाई भेट्न चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका महानिर्देशक युआन जिविङ नेतृत्वको प्रतिनिधि मण्डल बुढानीलकण्ठ पुगेको थियो ।

भेटमा नेपालको वर्तमान राजनीतिक अवस्था र नेपाल चीन सम्वन्धबारे छलफल भएको छ । चिनियाँ टोलीले देउवालाई चीन भ्रमणको निम्तो दिँदै चिनियाँ नेता र जनता स्वागतका लागि उत्सुक रहेको बताएको छ ।

जवाफमा कांग्रेस सभापति देउवाले उपयुक्त समय दिलाएर चीन भ्रमण गर्ने बताएका छन् । साथै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको भन्दै यसमा शंका गर्न आवश्यक नरहेको बताए ।

देउवाले संविधान संशोधन गरी मधेसवादी लगायत सबै दललाई सहमतिमा ल्याउने र तोकिएकै मितिमा चुनाव हुने विश्वास दिलाएको उनको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment