Comments Add Comment

इजी लिंक रेमिट्यान्स र मुक्तिनाथ विकासबीच रेमिट्यान्स सम्झौता

३ चैत, काठमाडौ । इजी लिंक रेमिट्यान्स प्रालि र मुक्तिनाथ विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा इजीका प्रबन्धक दिपेन्द्र खनाल र मुक्तिनाथका नायब कार्यकारी प्रमुख प्रद्मुमन पोखरेलले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि अब विश्वका विभिन्न देशबाट इजी लिंकमार्फत आएको रकम मुक्तिनाथका देशभरी रहेका ५५ शाखा र हरुबाट सजिलै भुक्तानी लिन सकिने भएको छ । यो सम्झौतासंगै विश्वका विभिन्न मुलकबाट इजी लिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजीका २२ सय भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने भएको छ ।

इजी लिंक रेमिट्यान्सले विगत १८ बर्षदेखी विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै निजी कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाई तीब्र पारेको छ । इजीले अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तीब्र रुपमा अघि बढिरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment