Comments Add Comment

अंशु बनिन् मिस नेवा पोखरा

सन्देश श्रेष्ठ


पोखरा तेर्सापट्टीकी अंशु शाक्य मिस नेवाः पोखरा बनेकी छिन् । प्रतियोगिताको अन्तिम प्रतिष्पर्धामा अन्य १६ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनले मिस नेवाः पोखरा ११३७ को ताज पहिरिएकी हुन् । मिस ट्यालेन्टको टाइटल समेत जितेकी शाक्यले नगद ४० हजार, ३२ ईञ्चको सिजीको टिभीसहित विभिन्न आकर्षक गिफ्ट हृयाम्पर प्राप्त गरिन् ।

प्रतिष्पर्धामा पोखरा रामकृष्णटोलकी निकिता लिगल फष्र्ट रनरअप र चिप्लेढुङ्गाकी प्रार्थना डंगोल सेकेण्ड रनरअप भईन् । फष्र्ट रनरअप निकिताले नगद २५ हजार र सेकेण्ड रनरअप प्रार्थनाले १५ हजारसहित गिफ्ट हृयाम्पर प्राप्त गरे ।

त्यस्तै, रसना बुद्धाचार्यले भ्यूअर च्वाईस, ज्यास्मिन श्रेष्ठले बेष्ट स्माइल, प्रार्थना श्रेष्ठले बेष्ट पर्सनालिटी, सिम्रन श्रेष्ठले बेष्ट फोटोजेनिक र श्रद्धा श्रेष्ठले मोष्ट फ्रेण्डलीको टाइटल जिते । विधागत टाइटल जितेकाहरुले नगद ५/५ हजारसहित मायाको चिनो प्राप्त गरे ।

नेपाल संवत ११३१ देखि शुरु गरिएको मिस नेवा पोखरा अन्तर्गत ११३१ मा निकिता श्रेष्ठ, ११३२ मा रचिता नकर्मी, ११३३ मा सुमना बज्राचार्य, ११३४ मा रुची श्रेष्ठ, ११३५ मा आशा श्रेष्ठ र ११३६ मा एलिशा जोशीले मिस नेवा पोखराको ताज पहिरिएका थिए ।

तस्वीरः उमेश पुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment