Comments Add Comment

सर्वोच्चमा अझै २४ हजार मुद्दाको चाङ, एक लाख बढी वर्ष कैद असुल्न बाँकी

७ चैत, काठमाडौं । सर्वोच्च अदालतमा झण्डै २४ हजार मुद्धाको चाङ रहेको बार्षिक प्रतिवेदनले देखाएको छ । देशभरका अदालतमा फैसला हुन बाँकी मुद्दाको संख्या भने ८९ हजार बढी छ ।

सर्वोच्च अदालतले सोमबार आफ्नो बाषिर्क प्रतिवेदन राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीले बुझाएको उक्त प्रतिवेदन अनुसार सर्वोच्चमा चालु आर्थिक वर्षमा ११ हजार ८३५ मुद्दा दर्ता भएका छन् ।

२३ हजार ३३४ गत वर्षबाट जिम्मेवारी सरेको आएको थियो । यसमध्ये ११ हजार १७५ मुद्दा अर्थात ३१. ७८ प्रतिशत मुद्दा फछर्यौट भएको छ । अब २३ हजार ९९४ थान मुद्दा बाँकी छ । अघिल्लो वर्षको तुलानामा ८.९८ प्रतिशत बढी मुद्दा फछर्यौट भएको छ ।

देशभरका सबै अदालतमा गरी १ लाख १८ हजार २५१ मुद्दा टुंगिएको छ भने ८९ हजार ११० मुद्दा फछर्यौट हुन बाँकी छ ।

सर्वोच्चको प्रतिवेदन अनुसार विभिन्न फैसलामा गरेर एक लाख ९ हजार ३०४ वर्ष ५ महिना कैद असुल गर्न अझै बाँकी देखिएको छ । यो आर्थिक वर्षमा ३४ हजार ८९ वर्ष २ महिना २८ दिन कैद असुल भएको छ ।

यस्तै ५ अर्ब ९५ करोड ५४ लाख १० हजार २७५ रुपैयाँ जरिवाना असुल भएको छ । असुल हुन बाँकी जरिवाना ११ अर्ब ३६ करोड ५४ लाख १८ हजार १०६ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment