Comments Add Comment

लेस्टर स्ट्राइकर भर्डीलाई ज्यान मार्ने धम्की

८ चैत, काठमाडौं । लेस्टर सिटीका स्ट्राइकर जेमी भर्डी लाई ज्यान मार्ने धम्की आएको छ ।

प्रशिक्षक रेनेरीले बर्खास्त भएपछि आफू र आफ्नो परिवारलाई धम्की आएको भर्डीले बताए । ३० वर्षीय स्ट्राइकरमाथि इटालियन प्रशिक्षक रेनेरीलाई बस्र्खास्त गर्न क्लबमा गलत र हानिकारक प्रभाव जमाएको आरोप लगाउँदै ज्यान मार्ने धम्की आएको हो ।

लेस्टरलाई प्रिमियर लिग जिताएको ९ महिनापछि फेब्रुअरीमा रेनेरी बर्खास्त भएका थिए ।

यो डरलाग्दो छ, भर्डीले भनेका छन् । सेभिल्लासँगको खेलपछि मिटिङमा आफू संलग्न भएको स्टोरी आफूले पढ्को भन्दै उनले भने, वास्तवमा म एन्टी डोपिङ टेष्टका लागि तीन घन्टा बसेको थिएँ ।’

उनले अघि भने, जब स्टोरी आयो, मानिसहरुले त्यसलाई पत्याएर धम्की दिएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment