Comments Add Comment

कैलालीमा दुई सय ३२ मतदान केन्द्र तोकियो

९ चैत, कैलाली । स्थानीय निर्वाचनका लागि कैलालीमा दुई सय ३२ मतदान केन्द्र तोकिएको छ ।

एउटा उपमहानगरपालिका, ६ नगरपालिका र ६ वटा गाउँपालिका रहेको कैलालीमा दुई ३२ मतदान केन्द्र तोकिएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

धनगढी उपमहानगरपालिकामा ३३ मतदान स्थल रहेका छन् भने टीकापुर नगरपालिकामा १६, लम्किचुहा नगरपालिकामा १८, गोदावरी नगरपालिकामा २२, भजनी नगरपालिकामा १८, गौरिगंगा नगरपालिकामा १७ र घोडाघोडी नगरपालिकामा १७ मतदान स्थल तोकिएको क्षेत्री निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहन अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार जानकी गाउँपालिकामा २१, बर्दगोरिया गाउँपालिकामा १०, कैलारी गाउँपालिकामा २०, जोशिपुर गाउँपालिकामा १३, चुरे गाउँपालिकामा १३ र मोहन्याल गाउँपालिकामा १४ मतदान स्थलहरु रहेका छन् ।

स्थानीय निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी दिँदै क्षेत्रीय निर्वाचन अधिकारी अर्यालले बैशाख १६ गते उम्मेदवारी दर्ता गर्ने मिति तोकिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment