Comments Add Comment

म बाथरुम सिंगर थिएँ, रहर पुरा गरेँः छुल्ठिम गुरुङ


चलचित्र ‘नोभेम्बर रेन’बाट अभिनयमा डेब्यु गरेकी नायिका छुल्ठिम गुरुङ पहिलो फिल्मबाटै चर्चामा आइन् । त्यसपछि ‘डायरी’ नाम राखेर आफैले चलचित्र बनाएकी छुल्ठिम अहिले यो चलचित्र प्रदर्शनको तयारीमा जुटेकी छिन् । आउँदो जेठ ५ गते चलचित्र प्रदर्शनको तयारीमा जुटेकी छुल्ठिमलाई अनलाइनखबरले लगाएको पाँच आरोपः

१. चलचित्र नपाएपछि आफैले फिल्म बनाउनु भयो भन्छन्, हो ?
यो विषयमा मैले जवाफ दिनुपर्छ जस्तो लाग्दैन । मलाई मेरा दर्शकले यति धेरै मन पराउनु भएको छ कि अहिले पनि म जहाँ पुग्छु ‘डल्ली’ भनेर सम्बोधन गर्नुहुन्छ । यो विचमा मलाई धेरै चलचित्रबाट अफर आएको थियो तर आफैले चलचित्र गर्न लागेकाले भ्याइनँ । तर, ‘डायरी’ रिलिज भएपछि गर्छु ।

२. ‘डल्ली’ भन्ने क्यारेक्टरलाई नै बेच्नुभयो भन्छन् नि, के सधै यहि पात्रबाट नै चिनिने हो ?
मैले ‘नोभेम्बर रेन’पछि अरु कुनै चलचित्र गरिनँ । त्यो चलचित्रको ‘डल्ली’ क्यारेक्टर हिट भयो । दर्शकले मन पराउनु भयो । यसको अर्थ मैले यहि क्यारेक्टर बेचेकी हैनँ । अरु चलचित्रमा पनि त्यहि क्यारेक्टरमा देखिएको भए भन्न मिल्थ्यो । ‘डायरी’ रिलिजपछि मलाई ‘डल्ली’ होइन, ‘जोया’ भनेर दर्शकले चिन्नुहुन्छ ।

३. गीत गाएर हिट हुने चाहना पनि पुरा भएन तपाइको, नसक्ने पेशा रोज्न खोज्नुभयो भन्ने आरोप छ नि ?
गीत मेरो रहर थियो । हरेक मान्छे बाथरुम सिंगर हुन्छ, म पनि बाथरुम सिंगर थिएँ । फरक यति हो म बाथरुमबाट स्टुडियोसम्म पुगेँ । केहि नगर्नु भन्दा केही गर्दा राम्रो हुन्छ भनेर गाउने प्रयास गरेकी हुँ ।

४. असाध्यै खर्चालु हुनुहुन्छ भन्ने आरोप लगाउँछन् नि ?
जीबन अनिश्चित छ । त्यसकारण मनले जे गर भन्छ त्यो गर्नुपर्छ । जस्तो कुनै राम्रो डे्रस मन पर्‍यो भने किनिहाल्छु । कनै घुम्न जान मन लाग्यो, समय भयो भने गइहाल्छु । यस्तो गर्दा खर्च त भैहाल्छ । तर, अनावश्यक काममा पैसा उडाउने गरेकी छैन । मन परेको चिज किन्दा खर्च हुन्छ ।

५. साथीहरु असाध्यै सिमित छन् रे, ति साथीहरुसँग सम्बन्ध लामो समयसम्म टिक्दैन भन्छन् हो ?
मेरो साथी सिमित भएको कुरा साँचो हो । मेरो उमेरका म भन्दा साना र उमेरमा ठुलाहरुसँग पनि मेरो सम्बन्ध उत्तिकै राम्रो छ । दशौं वर्षदेखि हामी दोस्त बनेर बसेका पनि छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment