काठमाडौं । नेपालीले अमेरिकामा स्थापना गरेको सोसियल इकमर्स नेटवर्क कम्पनी सगुनले सर्बसाधारणका लागि निस्कासन गरेको मिनी आइपिओ आगामी मार्च २७ देखि बन्द गर्ने भएको छ ।
कम्पनीले दिएको जानकारी अनुसार सगुनको मिनी आइपिओ खुले यता सेयरका लागि १ हजार ७ सय जनाभन्दा बढीले करिव २० लाख डलर बराबरको सेयरका लागि आवेदन गरेका छन् । कम्पनीको सेयरमा आवेदन गर्नेहरु अरु ४ हजारभन्दा बढी छन् ।
उनीहरुको आवेदन अपुरो रहेकाले स्वीकृत गर्न नसकिएको सगुनले जनाएको छ । सगुनले अमेरिका र एशियाली मुलुकबाट लगानीकर्ताको उत्साहनजनक सहभागिता देखिएको बताएको छ ।
कम्पनीले फेब्रुअरी ९ देखि सर्बसाधारणका लागि सेयर निस्कासन गरेको हो । सगुनले विश्वब्यापी रुपमा उत्साहजनक लगानीकर्ताको सहभागिता देखिएको बताएको छ । सगुनले सर्बसाधारणलाई निस्कासन गरेको सेयर बन्द गरेपछि संस्थागत लगानीकर्ताका लागि मात्रै निस्कासन गर्ने छ ।
त्यसपछि सर्बसाधारण सेयरधनीले लगानी गर्ने अबसर नपाउने सगुनले जनाएको छ । ग्लोबल सेयर मार्केटमा नेपालीले स्थापना गरेको, नाममै नेपालीपन झल्कने, नेपालमा समेत कार्यालय भएको कम्पनीले सेयर निस्कासन गरेको पहिलो पटक हो ।
सगुनको आइपीओ अभियानमा अष्ट्रेलियामा बसोबास गर्ने धेरै नेपालीहरु सहभागी भएको सगुनका अष्ट्रेलिया प्रमुख खेमराज पंगेनीले जानकारी दिए ।
प्रतिक्रिया 4