+
+
Shares

कांग्रेस बैठकमा खुमबहादुरले छिराए हिन्दु राष्ट्रको एजेण्डा

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १३ गते १३:०४

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले नेपाललाई हिन्दु राष्ट्र बनाउने कि धर्मनिरपेक्ष राष्ट्र कायम राख्ने भन्ने विषय जनमत संग्रहबाट टुंगो लगाउन प्रस्ताव गरेका छन् । आइतबारको कांग्रेस केन्द्रीय समिति बैठकमा खड्काले लिखित प्रस्ताव पेश गर्दै जनमत संग्रहको माग गरेका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरी उनले पत्र लेखेका छन् र सो पत्रको विषयमा ‘हिन्दु राष्ट्र नेपाल जनमत संग्रहद्वारा टुंगो लगाइयोस् भन्नेबारेमा’ उल्लेख छ ।

‘महत्वपूर्ण हिन्दु राष्ट्रको विषयलाई विधिवत टुंगो लगाएर देशमा उत्पन्न तनाव र विवाद निरुपण गर्न उपयुक्त हुने मेरो ठहर छ,’ खड्काले पत्रमा लेखेका छन् ।

हिन्दु राष्ट्रको रुपमा रहेको नेपाललाई बहुसंख्यक जनताको भावना र प्रजातान्त्रिक प्रक्रियालाई उपेक्षा गरी धर्मनिरेपक्ष तुल्याइँदासमेत नेपाली कांग्रेसको केन्द्रीय कायसमितिमा छलफल नभएको भन्दै खड्काले केन्द्रीय समिति बैठकमा पेश गरेको पत्रमा लेखेका छन्, ‘यस विषयमा स्वामित्व लिन नमिल्ने अवस्था रहेको वास्तविकता समेतलाई बिचार गरी पार्टी केन्द्रीय समितिको चालु बैठकमा छलफलका लागि प्रस्तुत गर्न माग गर्दछु ।’

खुमबहादुर खड्का ‘धार्मिक स्वतन्त्रतासहितको सनानत हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियान’का संयोजकसमेत हुन् । २०७१ कात्तिक २० गते राजधानीमा महाअभियानको घोषणासभामा खड्काले हिन्दु राष्ट्र कायम नभए २० वर्षभित्र देश धार्मिक द्वन्द्वमा जाने भविष्यवाणी गरेका थिए । उनले २०७२ जेठमा तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइरालालाई ज्ञापन पत्र बुझाउँदै नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गरेका थिए ।

यी पनि पढ्नुस्

कांग्रेसको कार्य सम्पादन समिति गठन, ४२ विभाग पनि टुंगो लाग्यो

स्थानीय चुनावमा एमालेलाई ‘काउण्टर’ गर्ने रणनीति बनाउँदै कांग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?