Comments Add Comment

कैलालीका जंगलबाट चोरीका कार बरामद

कैलालीका जंगलबाट बरामद भएका चोरीका कारहरु ।

१४ चैत, कैलाली । भारतबाट चोरी गरेर नेपालमा बिक्री वितरण गर्न लागेको अवस्थामा दुईवटा कार र एउटा जनरेटर क्षेत्रीय अनुसन्धान समूह सुदूरपश्चिमको (आरआईटी) टोलीले बरामद गरेको छ ।

बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा बेलादेबीपुरको सेहरी जंगलबाट होण्डा सिटी कार र गोदावरी नगरपालिकाको अत्तरिया बजारबाट हुण्डाई क्रेटा कार बरामद भएको सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी रोमेन्द्र सिंह देउजाले जानकारी दिए ।

ति दुबै कारको नेपाली बजार मूल्य करिब १ करोड रुपैयाँ रहेको जनाइएको छ । बरामद गरिएका कारलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको डिआईजी देउजाले बताए ।

खुला सीमा नाका, फितलो भन्सार व्यवस्थापनका कारण भारतीय बजारबाट चोरी गरेर नेपालमा ल्याई बिक्री गर्ने गिरोहहरु सकृय छन् । कैलालीको टीकापुरमा रहेको खक्रौला भन्सार नाका, धनगढीको त्रिनगर भन्सार नाका, कञ्चनपुरको बेलौरी र गड्डा चौकी नाका भएर वर्षेनि हजारौंको संख्यामा मोटरसाइकलहरु र सयौं कारहरु भारतबाट चोरी गरेर नेपालमा ल्याई बिक्री वितरण गर्ने गरेको भएपनि थोरै संख्यामा मात्रै पक्राउ पर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment