+
+
Shares

आरआरको स्ववियु चुनावविरुद्ध क्रान्तिकारीद्वारा रिट दायर

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १६ गते १६:२०

१६ चैत, काठमाडौं । तनावका बीच भएको आरआर क्याम्पसको स्ववियु निर्वाचनविरुद्ध अखिल क्रान्तिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । क्याम्पस प्रमुख, निर्वाचन अधिकृत लगायतलाई विपक्षी बनाइ दायर रिटमा स्ववियु निर्वाचन खारेज गर्न माग गरिएको छ ।

गत फागुन १८ गते हुन नसकेको स्ववियु निर्वाचन आरआर क्याम्पसमा मंगलबार भएको थियो र निर्वाचनबाट एमाले निकट अनेरास्ववियुको प्यानल विजयी भएको थियो ।

अखिल क्रान्तिकारीका महासचिव अनिल शर्माले अनलाइनखबरसँग भने, ‘सर्वोच्च अदालतले मतदानमात्र गराउनू भनेको थियो । त्यतिबेला नेबिसंघको मनोनयन दर्ता पनि भएको थिएन । तर, उत्तम साउदको प्यानल अन्तिम समयमा दर्ता गराएर निर्वाचन गराइएकाले त्यो हामीलाई मान्य छैन ।’

अखिल क्रान्तिकारीका ध्रुवराज वाग्लेले दायर गरेको रिटमा आरआर क्याम्पस प्रमुख डा. निर्मलाकुमारी सुवाल, निर्वाचन अधिकृत हरिप्रसाद पराजुली, नेविसंघका उत्तमबहादुर साउद लगायतलाई विपक्षी बनाइएको छ ।

रिटको पेशी बिहीबार बिहान १० बजे तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?