Comments Add Comment

भूकम्पपीडितलाई १५ सय ट्याक्सी चुनावपछि मात्रै


१७ चैत, काठमाडौं । सरकारले अतिभूकम्पप्रभावित १४ जिल्लका भूकम्पपीडितका लागि वितरण गर्न लागेको ट्याक्सीको गोलाप्रथा अब स्थनीय निकायको चुनावपछि मात्रै गर्ने भएको छ ।

निर्वाचान आचारसंहिताका कारण चैत २६ मा गर्ने भनिएको चिठ्ठा स्थगित गरिएको यातायात ब्यवस्था विभागले जनाएको छ । विभागले बिहीबार यसबारे औपचारिह निर्णय गर्ने छ ।

१५ सय ट्याक्सी वितरणका लागि लागि सरकारले आवश्यक तयारी सबै गरिसकेको नयाँ पत्रिका दैनिकमा खबर छ । १५ सय ट्याक्सीका लागि ठूलो संख्यमा आवेदन परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment